
माथिल्लो पंक्ति नसुध्रिएसम्म तल सुधार नआउने भन्दै उनले पटक–पटक भोट भाग्न आउनेलाई जिताउन नहुने पनि बताए । ‘भ्रष्टाचार निर्मूल हुन जरुरी छ तर कसरी निर्मूल गर्ने त ?’ उनले भने, ‘राम्रो नेता छ भने माथिल्लो पंक्तिमा, तल्लो पंक्तिमा त्यसलाई भोट दिने, राम्रो छैन भने त्यसलाई हराइदिनु पर्छ । त्यसो भयो भने ठूलो मौका हुन्छ ।’ उनले एउटै नेता धेरैपटक प्रधानमन्त्री बन्न खोजे त्यसलाई पनि हराइदिनु पर्ने बताए ।