
राउतले प्रस्तुत गरेको मस्यौदामा १ हजार महाधिवेशन प्रतिनिधिको प्रस्ताव गरेका छन् । यस्तै महाधिवेशन प्रतिनिधि कुन कलस्टरबाट कसरी प्रतिनिधि चयन गर्ने लगायतका प्रावधानहरू पनि प्रस्ताव गरिएको छ । प्रस्तावमाथि शनिबार छलफल हुने र त्यसलाई अन्तिम रूप दिने राउतले बताए । जसपाको एकता महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुने भएको छ ।
महाधिवेशनकै लागि संगठित सदस्यहरू पनि टुङ्गो लगाइसकेको छ । जसपाका अनुसार संगठित सदस्य करिब १ लाख ४५ हजार रहेका छन् । ती संगठित सदस्यको बारेमा पनि कार्यकारिणी समितिले छलफल गर्ने बताइएको छ।