पौष ५ देखि १७ गतेसम्म छैठौं नेपालगन्ज महोत्सव हुने
zeenepal
२०८० मंसिर २८,
3
Shares
नेपालगन्ज । ए.जि. सर्भिस प्रा. लि. नेपालगञ्जले यही पुष ५ गतेदेखि १७ गतेसम्म नेपालगन्जमा महोत्सव आयोजना गर्ने भएको छ । यस वर्ष पनि ’कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनारा सहित नेपालगञ्जमा छैठौ नेपालगञ्ज महोत्सव आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र रहेको खुल्ला प्राङगणमा यहि २०८० पौष ५ गते देखि पौष १७ गते सम्म कृषिलाई विषेश प्राथमिकता दिदै महोत्सव आयोजना गर्न लागेको हो । यस महोत्सवमा कृषि, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतीक प्रदर्शनीलाई समेटिएको मेलाका सचिवालय संयोजक नन्द बहादुर बुढाले जानकारी दिनुभएको छ ।
उहाँले बिषेशत कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएको बताउदै यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहुआयामिक र औद्योगिक प्रवद्र्धन, पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व बहन हुने गरी एजी. सर्भिस प्रा. लि. नेपालगञ्जको आयोजना कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतीक महोत्सव २०८०, छैठौं नेपालगञ्ज महोत्सवलाई झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान गरेको आयोजकको जिकिर रहेको छ ।
पत्रकार सम्मेलन मार्फत छैठौं नेपालगन्ज महोत्सवलाई उत्कृष्ट बनाउन संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्था÷फर्महरुसंग समन्वय गरी रहेको बताउँदै सबैलाई साथ र सहयोगको अनुरोध समेत गर्नुभएको छ । यस महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यपारिक लगायत सबै क्षेत्रलाई समेट्ने गरी ३०० सय वटा स्टलहरु राखिने छ भने जसमा ५० वटा स्टलहरु कृषि तथा पशु पन्छी, उद्यमी, लघुउद्यमीहरुलाई निशुल्क छुट्टयाइएको संयोजक बुढाले जानकारी दिनुभयो ।
उहाँले प्रदेशका कृषकहरुलाई सहभागी गराउने र निशुल्क विविध तालिम उपलब्ध गराउने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । महोत्सव अवलोकनको समय बिहान १०ः०० बजे देखी साझा ७ः०० बजेसम्म रहने छ भने विद्यार्थीको लागि टिकट रु. ८० र सर्वसाधारणको लागि १०० रुपैया तोकिएको जानकारी दिनुभएको छ