
बुधबारसम्म लाल नदीको बाढी हानोईको केही हिस्सा एक मिटरसम्म पसरेका छन् । छरछिमेकमा जान समेत मानिसहरूले डुंगाको साहारा लिनु परेको छ । सहरका न्यून तटीय क्षेत्रबाट हजारौँ मानिसलाई निकालिएको छ । हानोईको १० प्रशासकीय जिल्लामा बाढीको अलर्ट जारी गरिएको सरकारी सञ्चार माध्यमले भनेका छन् । मर्नेमध्ये अधिकांश उत्तरी भियतनाममा समुद्री आँधीले निम्त्याएको पहिरोमा पुरिएको सरकारले भनेको छ । योगीलाई यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली समुद्री आँधी भनिएको छ ।
मंगलबार अचानक बाढी आउँदा उत्तरी लाओ काई प्रान्तको एउटा गाउँ पूरै बगाएको थियो । यस क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो गाउँमा बेपत्ता भइरहेकाहरूको खोजीका लागि सयौँ सेना परिचालन गरिएको थियो । भियतनाममा आउनु अघि यागीले दक्षिणी चीन र फिलिपिन्समा उत्पात मच्चाएको थियो । ताइफुनले त्यहाँ कम्तीमा २४ जनाको ज्यान लिएको थियो ।