काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ ।
आयोगले मतदाता नामावलीको अन्तिम विवरण असोज १८ गते प्रकाशन गर्नेछ । असोज १८ देखि ३० गतेसम्म त्रुटि सच्याउन निवेदन दिने र झुटा विवरण पेश गरी नाम लेखाएको भए उजुरी दिन सकिने आयोगले जनाएको छ ।मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली कात्तिक २६ गते प्रकाशित हुनेछ ।
ADVERTISEMENT