
सिलवालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि आयोगले बुधवार अनुगमन गरेको हो । ‘अनुगमनको क्रममा निज सिलवालको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको पाइएकोले निजको स्वास्थ्योपचार सहित जीवन रक्षाको लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिल बमोजिम पत्राचार गरेको छ’, आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।