बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार बुटवलमा आयोजना गरेको सुशासन प्रबद्र्धन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा ईमानदारीता आवश्यक पर्ने बताएका हुन् ।
उनले आफु नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको बताए । ‘रानीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठिक छैन भने व्यूरोक्रायटले पनि साथ दिन्छ । मैले साथ पाईरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ,’ उनले भने, ‘राजनीतिक नेतृत्वमा समस्याहरु छन । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढीरहेको छ ।’
सुशासन कायम गर्न आफैबाट सुरुवात गरेको छु । मुख्यमन्त्रीबाट हटेपछी पाउने सुविधा लिने छैन र अरुलाई पनि नदिनेगरी निर्णय गरेको छु । पूर्व मुख्यमन्त्री र पूर्व सभामुखले गाडी तथा सेवा सुविधा फिर्ता गरिसकेको अवस्था छ । मुख्यमन्त्री पदबाट हटेपछी पूर्व बिशिष्ट व्यक्तिको नाममा कुनै सुविधा लिने छैन भनेर निर्णय गरेको छु । उनले थपे आफुले गलत नियत नराख्ने हो भने सुधारेर जान सकिने उल्लेख गर्दै उनले यो अभियानमा सबैको साथ जरुरी रहेको बताए ।
प्रदेशका प्रमुख सचिव महादेव पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मी, पाल्पा, अर्घखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायत सरोकारवाला पक्षको सहभागिता थियो । लुम्बिनी प्रदेश सरकारले सुशासन प्रबद्र्धन तथा भ्रष्ट्रचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथी छलफल सुरु गरेको छ । मुख्यमन्त्री आचार्यले पहिलो निर्णयको रुपमा सुशासन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको प्रस्तावलाई स्वीकृत गरेका थिए । अहिले सोही कार्ययोजनाको मस्यौदामाथी सरोकारवाला पक्षसंग सुझाव संकलन गर्न थालिएको हो ।
ADVERTISEMENT