नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद सजाय
zeenepal
२०८२ असार १६,
15
Shares
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ११ कैद सजाय तोकिएको छ ।सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३१ बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०१ बमोजिम थप ३ वर्ष कैद सजायको फैसला गरेको हो ।