काठमाडौँ । लुम्बिनी प्रदेशमा सरकार गठन भएको २ महिना बितिसक्दा पनि सरकारले अझै सम्म पुर्णता पाउन सकेको छैन् । नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा मात्रै पनि सरकारको बहुमत पुग्छ । तर पनि दश दल र स्वतन्त्र प्रदेशसभा सदस्य सहितको समर्थनको अंक गणितका आधारमा अहिले कांग्रेसको साथ लिएर एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्नुभएको छ ।
तर यतिका लामो समय सम्म पनि सरकारले पुर्णता पाएको छैन् ।ठुला दल एमाले र कांग्रेसको सत्ता साझेदारीमा लुम्बिनी प्रदेशमा यहि साउन ७ गते नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । सत्ता साझेदारीमा लुम्बिनी प्रदेशमा नेकपा एमालेलाई मुख्यमन्त्री सहित ५ मन्त्रालय, नेपाली कांग्रेसलाई आर्थिक मामिला र योजना सहित ५ मन्त्रालय र आवश्यकता अनुसार २ वटा मन्त्रालय साना दललाई दिने सहमति थियो । त्यस अनुसार श्रावण ९ गते ९ सदस्य मन्त्रिपरीषद गठन भयो ।
सपथकै दिन नेकपा एमालेले ५ जना बिना बिभागिय मन्त्री पठाए पनि नेपाली कांग्रेसले ४ जना मात्र मन्त्री पठायो । त्यसमा पनि महिला हत्याका आरोपी बादशाह कुर्मीलाई यहि भाद्र २६ मा मन्त्री पदबाट राजिनामा गर्न लगाइयो । अहिले कांग्रेसका ३ जना मात्रै मन्त्री छन् । यस्तोमा कांगेसेले सरकारलाई पुर्णता दिन के गर्दै छ त ?निमा गिरी भनेकी छिन् कांग्रेस नेतृ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश ठुलो दल नेपाली कांग्रेसले नै मन्त्री सिफारिस गर्न नसकेपछि कुन–कुन साना दललाई कसरी सरकारमा ल्याउने भन्ने झन अलमल छ । बजेट कार्यान्वयनका लागि कार्यबीधि र नियमावली बनाउने बेलामै मन्त्रालय मन्त्री बिहिन हुँदा कार्यक्रम प्रभावित भएका छन् ।
भनेकी छिनजमुना ढकाल– प्रदेश सभा सदस्य, लुम्बिनी प्रदेश ५ मन्त्रालयको भाग पाएको नेपाली कांग्रेसले १ जना पछि मिलाउने गरी ४ मन्त्री पठाएको र पछि केहि कुरामा समस्या उत्पन्न भएपछि आफ्नो भागमा परेको मन्त्री पुरा गर्न नसकेको कांग्रेसका मन्त्रीको भनाई छ ।
दशै अगाडीनै मन्त्री पुरा गर्ने तयारी भएको मन्त्रीले बताउनुभएको छ । सरकारले पुर्ण रुपमा मन्त्रि परीषद बिस्तार गर्न नसक्दा कार्य सम्पादनमा समेत समस्या मन्त्रीहरुले पनि स्वीकार गरेका छन् भनेकी छिन प्रचन्ड बिक्रम न्यौपाने– मन्त्री, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको स्थायित्वको लागि संविधान संसोधन सम्मको लक्ष्य राखेर संघ देखि प्रदेश सम्म सरकार बनाएका ठुला दल एमाले र कांग्रेसले नै दुई महिना पुग्दा सम्म मन्त्रिपरिषद बिस्तार गर्न नसक्नु लज्जास्पद छ । देशको बिकास र समृदिको कुरा गर्ने दलहरुले सबैभन्दा पहिला आफु भित्रको आन्तरिक विवाद र कलहलाई मिलाउन जरुरी छ ।
ADVERTISEMENT

