
अनुगमनका क्रममा तरकारीजन्य सामग्रीहरूको मूल्यमा अत्यधिक वृद्धि हुँदै गएको र एकै प्रकारका सामानहरूमा खुद्रा पसलहरूमा भन्दा ठुला सुपर मार्केटको मूल्यमा अधिकांशमा धेरै बढी मूल्य रहेको पाइएको आयोगले जनाएको छ ।यातायाततर्फ चाडपर्वमा सर्वसाधारणलाई आवतजावतमा सहज बनाउनका लागि अग्रिम टिकट बुकिङको लागि अनलाइन व्यवस्था गरिएको र यातायात व्यवस्था विभाग लगायतका निकायबाट तोकिएको भन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरिएको जानकारी प्राप्त भए पनि काठमाडाैँदेखि हेटौँडासम्म चल्ने सवारी साधनहरूले नियम विपरीत झन्डै दोब्बर भाडा लिने गरेको पाइएको आयोगले जनाएको छ ।
सबै टिकट काउन्टरहरूमा भाडा सूची राखिएको तर केही बाहेक सवारी साधनमा भने भाडा सूची नराखिएको, ठुला बसपार्कहरूमा शौचालयको व्यवस्था भए पनि पर्याप्त नभएको, यात्रुहरूलाई सहचालकबाट मर्यादित व्यवहार नभएको, साना सवारी साधनहरूमा आरक्षण सुविधा नरहेको जस्ता तथ्यहरू अनुगमनका क्रममा पाइएको आयोगको भनाई छ ।