काठमाडौँ । भदौ २८ र २९ गते काठमाडौँमा हुन लागेको नेपाल युथ समिटमा व्यवसायी विनोद चौधरी प्रमुख वक्ताको रूपमा सहभागी हुने भएका छन् । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा करिब ५ सय युवाको सहभागिता रहने संयोजक भुपेन्द्रजंग शाहीले जानकारी दिए । समिटमा चौधरीसहित नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स मनोज ज्ञवाली, भरत ढकाल, उद्यमी विदुषी राणा र खेलाडी पलेशा गोवर्धन पनि वक्ताको रूपमा हुनेछन् ।
अभिनेता अनुप विक्रम शाही, अभिनेत्री निता ढुङ्गाना, उषा रजक, गायक रामजी खाण, गायिका टिका पुन, राधिका हमाल, सांसदहरू सोविता गौतम र मैना कार्कीको पनि वक्ताको रूपमा सहभागिता हुने जनाइएको छ ।समिटले आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिकलगायत विषयमा विषयगत छलफल गरी साझा संकल्पसहितको सात बुँदे घोषणापत्र समेत जारी गर्नेछ ।