
काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले न्यायाधीशको नियुक्ति आफूले लिएको हिसाबकिताब मिलानका लागि गरिएको भनेर आरोप लगाएको उल्लेख गर्दै सकिन्छ भने आफूलाई जेल चलान गर्न पनि प्रधानन्यायाधीश श्रेष्ठलाई चेतावनी दिए ।
अध्यक्ष घिमिरेले सरकार र संसद्लाई पनि प्रधानन्यायाधीश श्रेष्ठको सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने गैरसंवैधानिक र गैरन्यायिक काममा साँची नबस्न आग्रह गरे । आफू नेतृत्वमा रहेसम्म नेपाल बारले गैरसंवैधानिक र गैरन्यायिक कुनैपनि कदमप्रति सम्झौता नगर्ने उनको अडान थियो ।अध्यक्ष घिमिरेले भने, ‘मैले त तपाईँलाई लेनदेनको आधारमा न्यायाधीश नियुक्ति गर्नु भनेर भनिसकेँ । मैले त तपाईँलाई यो आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसके । सक्नुहुन्छ थुन्न भने थुन्नुस् । कति महिना थुन्ने हो ? के कानुन लगाउने हो, तपाईँले त सबै कानुन लगाउन सक्नुहुन्छ । म मुलुकको सरकार लोकतान्त्रिक सरकार भनेर भनिन्छ । मुलुकको संसद्, लोकतान्त्रिक संसद् भनिन्छ । उहाँहरूलाई पनि यो गैरसंवैधानिक कामको साँची नबस्नका लागि अनुरोध गर्दछु ।’