भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिन्छौँ : एस जयशंकर
zeenepal
२०८२ बैशाख २५,
6
Shares
नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन् । इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा जयशंकरले यो चेतावनी दिएका हुन् ।भारत–इरान मैत्री सन्धिको ७५ औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अराघची भारत भ्रमणमा छन् । जयशंकरले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर यसबारे जानकारी दिए ।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने, ‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो।’ भारतीय विदेशमन्त्रीले २२ अप्रिलमा पहलगाम आक्रमणपछि, भारतले मे ७ मा ‘आतंकवादी ठेगाना’हरूलाई लाई लक्षित गर्दै सीमापार आक्रमण गरेको स्पष्ट पारे ।
जयशंकरले भने- ‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन ।’ जयशंकरले इरानी विदेशमन्त्री अराघचीलाई भने– ‘नजिकको साझेदारको रूपमा, तपाईँले परिस्थितिको बारेमा राम्ररी जानकार हुनु महत्त्वपूर्ण छ ।’