
२. नेपालीहरूको महान चाड बडादशैंको पूर्व सन्ध्यामा आएको अविरल वर्षाले देशको राजधानी जोड्ने प्रमुख राजमार्गहरू लगायत विभिन्न ठाउाका सडक सञ्जालहरूमा पुर्याएको क्षतिले आवतजावतमा गम्भीर कठीनाइ उत्पन्न भएको छ । सडक सञ्जालको सम्बन्ध विच्छेदलाई अबिलम्व सूचारु गरी आवतजावतलाई सहज बनाउन सरकारसाग माग गर्दछ । साथै यात्रा गर्दा मौसमलाई ध्यान दिन र सचेत रहेर यात्रा गर्नका लागि सर्वसाधारणलाई अपिल गरेको छ ।
३. मानवीय क्षति, सरकारी र व्यक्तिगत भौतिक संरचनाको क्षतिको एकीन विवरण संकलन गरी मृतकका परिवार तथा पीडितलाई राहत उपलब्ध गराउन र भौतिक संरचनाको पुनर्निर्माणलाई तिव्रता दिन बैठकले आग्रह गरेको छ । साथै बाढी र पहिरोले किसानहरूको बालीनालीमा पुर्याएको क्षतिको विवरण एकीन गरी क्षतिपूर्ति उपलब्ध गराउन गरिएको छ ।