
यो आर्थिक बर्षभित्र भूमि व्यवस्था, सहकारी र गरिवी निवारण क्षेत्रका ६० वटा महत्वपुर्ण कामहरु सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।मन्त्रालय मातहतका सह-सचिव र बिभागीय प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले लिएका लक्षित उद्देश्य सामूहिक प्रयासबाट सम्भव हुने भएकाले आ-आफ्नो तहबाट जिम्मेवार, पारर्दशी र नतिजामुखी भएर काम गर्न निर्देशन दिए । योजनाहरु बन्ने तर अपेक्षाकृत कार्यान्वयन नहुने अवस्थाले मन्त्रालयको गरिमा नबढ्ने मन्त्री अधिकारीको भनाई छ ।
सचिव पोख्रेलले कार्यसम्पादनमा उल्लेखित ६० वटै बिषय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उल्लेख गदै भूमि आयोग गठन गरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीहरुको व्यवस्थापन, सहकारी क्षेत्रमा देखिएका समस्याहरु क्रमिकरुपमा समाधान गर्ने र गरिवी निवारणका क्षेत्रमा आसा जगाउने गरी काम गर्ने सचिव पोख्रेलको भनाई छ ।सचिव अधिकारीले यो कार्यसम्पादन सम्झौतामा उल्लेखित बिषयहरु कार्यान्वयनमा लैजानका लागि सम्बन्धित महाशाखा र विभागसँग पनि आफुले कार्यसम्पादन सम्झौता गरि निरन्तर पहलकदमी लिने प्रतिवद्धता जनाए ।