नेपालगन्ज : नेपालमा विनासकारी बाढी पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले राहत सामग्री हस्तान्तरण गरेको छ । सहयोगलाई निरन्तरता दिने क्रममा भारत सरकारको तर्फबाट नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव नारायण सिंहले बाँकेका बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेका हुन् ।
अत्यावश्यक सरसफाइ सामग्री, औषधि, झुल, लाइफ ज्याकेट, स्लीपिङ म्याट, खाद्यवस्तु, गम बुट, रबर बोट र मोटरसहितको २१ दशमलव ५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट बुधबार नेपालगन्ज ल्याइ पुर्याइएको हो । सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँकेस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरु, भारतीय दुतावासका अधिकारी लगायतको उपस्थिती रहेको थियो ।