काभ्रे — बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो ।उक्त खण्डमा हाल ट्रयाक निर्माण गरी साना सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको कार्यालयका प्रमुख सुमन योगेशले बताए ।
बीपी राजमार्ग अर्न्तगत चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन आज साँझसम्म सुधार गरी यसअघि राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्ने उनले जानकारी दिए ।उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातको समयमा यात्रा नगर्न कार्यालयले सूचनामार्फत सरोकारवालालाई अनुरोध गरेको छ ।

