काठमाडौं २ असार। राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् । रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजीनामा गरेकी थिइन् ।