टेलिभिजनका पत्रकार गुप्तामाथि अभद्र व्यवहारप्रति टेलिभिजनको भर्त्सना
zeenepal
२०८० चैत्र १,
12
Shares
नेपालगन्ज १ चैत ।बाँके स्थित नेपालगञ्जका भेरी अस्पतालमा रिपोर्टिङका लागि पुगेका नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य एवं जि नेपाल टेलिभिजनका संवाददाता अभिषेक गुप्तामाथि दुरव्यवहार भएको छ ।अभद्र व्यवहारप्रति जि नेपाल टेलिभिजनको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार संकलनका लागि उक्त अस्पताल पुग्नुभएका आभिषेकमाथि अस्पतालमा कार्यरत खुखुरी नेपाल सेक्युरिटी कम्पनीका सुरक्षा गार्ड बाल बहादुर भने व्यक्तिले दुव्र्यवहार गरेका हुन् । सो क्रममा पत्रकार गुप्ताको क्यामेरा खोस्ने दुष्प्रयास गरेका थिए ।
सञ्चारकर्मीमाथि भएको यस्तो दुव्र्यवहारप्रति जि नेपाल टेलिभिजनकाले घोर भत्र्सना एवं निन्दा प्रकट गर्दै सो घटना प्रेस स्वतन्त्रताका विपारित भएको पनि हाम्रो ठहर छ ।जि नेपाल टेलिभिजनका अध्यक्ष अध्यक्ष आशिष गुप्ताले यो घटनाको भ्रत्सना गरेका छन् ।दोषीमाथि कार्वाही गर्न स्थानिय प्रशासनसँग माग गर्दै सुचना सम्प्रेषण गर्ने टेलिभिजनकर्मी माथि यस्ता किसमका दुव्र्यवहार आगामी दिनमा नदोर्होयाउन चेतावनी दिदै दोषी माथिआवश्यक कारबाहीको माग गर्दछौं ।