नेपालगञ्ज : राप्तीनदीको सिधनियाँ घाटमा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगञ्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा कथा वाचनको पाँचौ दिनमा २५ लाख बढी संकलन भएको आयोजकले जनाएको छ ।कथा वाचनको पाँचौे दिन २५ लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितले जानकारी दिएको छ । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवणगर्न आजपनि महायज्ञमा नेपालगन्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिती रहेको थियो ।
वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको पाँचौदिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए ।
आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच नेपालगञ्जका प्रतिस्थित पर्यटन व्यवसायी लोकेन्द्र अर्यालबाट यसअघि बोलेको रदान रकममा थप गरेर दान रकम १० लाख ११ हजार ५ सय ५५ रुपैयाँ पुर्याए । आजै नेपालगञ्ज २ की पद्मादेवी रिजालबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, पदमबहादुर घर्तीमगरबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।उनका अनुसार पूर्व प्रहरी संगठनको तर्फबाट ६५ हजार २०५, नेपालगञ्ज २ की अनिता पौडेलबाट ५५ हजार ५५५, शिला श्रेष्ठबाट ५५ हजार ५५५, राँझा निवासी डिल्लीराज रेग्मीबाट ५१ हजार १२०, मारवाडी महिला मञ्चको तर्फबाट ३१ हजार, वागेश्री आमा समुहको तर्फबाट ३ हजार, वुद्धिसरादेवी चर्तीमगरबाट २५ हजार ५ सय , भारती जोशीबाट २५ हजार ५१५, डा.खिमानन्द जोशीबाट २५ हजार ५११, विमला गौतमबाट २५ हजार रुपैयाँ तथा डा. विश्वनाथ शर्माबाट २५ हजार ३३३ रुपैयाँ वैकुण्ठधाम निर्माणका लागि दान गरेका छन् ।
आध्यात्मिक महोत्सवकाबीच आज भएको तुलादानबाट २६ हजार संकलन भएको संयोजक श्रेष्ठले बताए । उनका अनुसार वैकुण्ठधाम सरकारी निकाय समन्वय समितिका संयोजक गेबिन्दप्रसाद पाण्डेकी आमा जुम्ला तातोपानी ४ की रक्षादेवी पाण्डे र नेपालगन्ज ९ बाँकेगाउँकी सासुआमा विद्यादेवी पंतको संयुक्त तुलादानबाट २६ हजार प्रदान भएको हो ।यसैगरी आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आज पनि शिलालेखमा नाम लेखाउन भन्दै २ सय बढीले ११ हजार बढीको दान गरे भने यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।
ADVERTISEMENT

