
ढुंगाना सभामुख रहेको बेला कांग्रेस पार्टीलाई अफ्ठ्यारो बनाएको महसुस त्यो बेलामा गरेपनि अहिले आएर होइन भन्नेकुरा भान भएको देउवाको भनाइ छ । ‘दमननाथजी वास्तवमै राम्रो मान्छे हो । उहाँले डेथ भयो ।
हाम्रो पार्टीबाट सभामुखमा छिर्नुभएको हो । उहाँले निष्पक्ष रुपमा काम गर्नुभयो । पार्टीलाई त वास्तवमा अफ्ठ्यारोमै पारेको जस्तो लाग्थ्यो तर थाहा पाउन दिनुभएन वास्तवमा । सभामुखको काम नै त्यही हो । प्रतिपक्षको सदन र सरकार बहुमतको भन्नेकुरा उहाँले स्थापित गराउनुभयो,' देउवाले भने, 'उहाँ नेपालमा सरकार बहुमतको, विपक्षीको संसद् भन्नेकुरा स्थापित गराउन सफल हुनुभयो । हाम्रो पार्टीलाई अफ्ठ्यारो पार्नुभयो भन्ने महशुस गरेका थियौँ, तर वास्तवमा त्यो होइन रहेछ ।’सभापति देउवाले देशले एउटा इमान्दार र ठूलो व्यक्ति गुमाएको बताए ।