
नेपालगन्ज मंशिर । नेपालगन्ज अखिल नेपाल महिला संघ बाँकेको आयोजनामा १६दिने लैगिक हिंसा विरुद्धको अभियान अन्र्तगत महिला हिंसा न्युनिकरणमा पहल गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको छ । नोभेम्वर २५देखि डिसेम्वर १०सम्म १६दिन अभियानको रुपमा संचालन हुने भएकाले लैंगिक हिंसा विरुद्धको अभियानको आज अन्तीम दिन डिसेम्वर १० अनेमसंघले ज्ञापन पत्र बुझाएको हो । अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले ज्ञापन पत्र बझाउनुको उदेश्य माथि प्रकाश पानु भयो भने अनेमसंघ बाँके अध्यक्ष मिना सुवेदी ढकालले उक्त ज्ञापन पत्र पढेर सुनाउनु भयो । ज्ञापन पत्र बुझ्दै प्रमुख अधिकारी खगेन्द्र रिजालले यो ज्ञापनपत्र तुरुन्त गृहमन्त्रालयमा पठाउने जानकारी गराउनु भयो । ज्ञापन पत्रमा भनिएको छ आ.ब. ०८०।०८१को बार्षीक प्रतिवेदन अनुसार नेपाल प्रहरीमा दार्ता भएका घटनाको तथ्यांक हेर्दा महिला हिंसाको अवस्था भयवह छ ।

जबरजस्तीकरणी २५सय७ वटा, जवरजस्तीकरण उद्योग ४सय६०वटा, बालबालिकामा यौन दुव्यर्वहार ३सय६३वटा,यौन दुव्र्यवहारका १९ वटा, घरेलु हिंसाका १६हजार ४सय १६वटा, बोक्सीको आरोप २३वटा,बालबिवाह ५२वटा,मनबबेचविखन १सय६६वटा, दाइजो सम्बन्धि १०वटा घटा दर्ता भएका जनाएको छ । उक्त कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य द्धय कृष्ण पाठक,हिरा खरेल,जिल्ला कमिटि सदस्य जयन्ती केसी,अनेमसंघ नगर उपाध्यक्ष मैया तिवारी लगायतको उपस्थिति रहेको थियो । अनेमसंघ बाँकले यस अघि जानकी गाउँपालिकामा कविता प्रतियोगिता,धम्बोझी माविमा किशोरीलाइ स्वास्थ्य सचेतना कार्यक्रम,कोहलपुरमा हिंसा ीवरुद्ध अन्र्तक्रिया कार्यक्रम गर्यो भने कोहलपुर नगर कमिटि र प्रदेश कमिटिको आयोजनामा हिंसा विरुद्ध प्रशिक्षण सम्पन्न गरेको छ । भनेअनेमसंघ नेपालगन्ज नगर कमिटि र जिल्ला कमिटिको संयुक्त आयोजनामा दिप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरेको छ ।
Enter
Ashish

Enter
Ashish

