
गोल्डन ग्लोब्स आइतबार राति भएको थियो । समारोहमा सहभागी हुने क्रममा जेन्डेयाले खिचाएकी तस्बिर र भिडियोहरू इन्टरनेटमा भाइरल बनेको थियो । ती तस्बिर र भिडियोमा अभिनेत्रीले अभिनेता हल्यान्डसँग सुटुक्क इन्गेजमेन्ट गरेको कमेन्टहरू आएका थिए । केहीले भने अभिनेत्री बुल्गारीलगायत लक्जरी ब्रान्डको दूत बनेको हुन सक्ने अड्कल गरेका थिए । हल्यान्ड र जेन्डेयाको भेट सन् २०१६ मा ‘स्पाइडर म्यानः होमकमिङ’को सेटमा भएको थियो ।