
उनका अनुसार ५६.४ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् । यस्तै, दोस्रोमा कार/जिप १९.३ प्रतिशत दुर्घटनामा पर्ने गरेको उनले उल्लेख गरे । यस्तै, बस ६.२ प्रतिशत ट्रक/ट्यांकर ४.२ प्रतिशत, टेम्पो ४.२ प्रतिशत दुर्घटनामा पर्ने गरेको भट्टराईले बताए । यस्तै, टिप्पर १.३ प्रतिशत, डोजर ०.२ प्रतिशत, माइक्रोबस १.४ प्रतिशत, ट्याक्टर २.२ साइकल, ठेला रिक्सा ४.३ प्रतिशत र अन्यमा ०.३ प्रतिशत दुर्घटना हुने गरेको इन्जिनियर भट्टराईको भनाई छ ।
उनले संघीयता आएयता सवारी साधनको नम्बर प्लेट पनि एकरुपता नरहेको बताए । ‘सवारी साधनको प्रयोग बढ्दो छ, सवारी साधनको क्र्यस पनि बढ्दो नै पाइएको छ,’ उनले भने, ‘वर्षदिनमा औषतमा २४ सय जनाको मृत्यु भएको छ । यसलाई जिरोमा पुर्याउने गरी योजना बनाउनका लागि तथ्यांकको आवश्यकता पर्दछ ।कार्यक्रममा फ्रेन्डस अफ स्किलस् रोड क्लब नेपाल अधिकारीहरू, यस विषयमा चासो राख्ने व्यक्ति सहभागी थिए ।