
मुलुकको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुलाई अन्यथा लिन नहुने उनले बताए । उनले एमाले–कांग्रेसबिचको सहमति सत्ताका लागि नभइ मुलुकको संकट समाधानका लागि भएको उल्लेख गरे ।पोखरेलले सञ्चार क्षेत्रले जबाफदेही भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा सुझाव पनि दिए । उनले गलत सूचना प्रवाह गर्ने प्रवृत्तिलाई महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।