काठमाडौँ — प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकको सुरु भएको छ । संघीय संसद् प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा सुरू भएको हो ।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएको छैन ।
एमालेले विभिन्न माग राख्दै प्रतिनिधिसभाको बैठक पटक पटक अवरुद्ध गर्दै आएको छ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह ४ बजे संसद् बैठक आह्वान गरेकी हुन् ।
ADVERTISEMENT

