
सभामुख घिमिरले नेपालको संविधानले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरी हरेक धर्म, संस्कार र संस्कृतिको सम्मान सुनिश्चित गरेको र देशको सामाजिक सद्भावलाई अझ सुदृढ बनाएको बताएका छन् ।शान्ति, प्रेम र सह–अस्तित्वको पर्व क्रिसमसले शान्ति, सद्भाव र एकता विकास गर्न सकोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ,” नेपाल विविध जातजाति, धर्म, र संस्कृतिको संगमभूमि हो, संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र परम्परा पालन गर्ने स्वतन्त्रता दिएको छ ।”