
उनले भने, ‘सुदूरपश्चिमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभुषालाई विकास गरी यहाँसम्म ल्याइपुर्याएका छौँ । यसको अझै विकास गर्नुपर्ने छ ।कार्यक्रममा सुदूरपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए ।