
उनले भने, ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो । प्रचण्ड र ओलीज्यू उहाँहरूले पहिला गठबन्धन गर्नुभयो । फेरि हामीतर्फ आउनुभयो । मलाई लाग्छ यो एउटा वरदान हो । अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन , कसैको आशीर्वाद पाएको हो कि भन्ने लागेको छ । मेरा लागि यो लुकेको एउटा खुसी चाहिँ हो ।उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए । उनले भने, ‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुँदैन । विगतमा जसरी मिलेका थियौँ त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिस्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’