काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक प्रकट गरेका छन् । सोमवार एक सन्देश जारी गर्दै पौडेलले नोबेल पुरस्कार विजेता पूर्वराष्ट्रपति कार्टरको निधनले आफू दुःखी भएको बताएका हुन् ।राष्ट्रपति पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारको क्षेत्रमा पुर्याएको योगदान विश्वकै लागि प्रेरणा भएको बताए । उनले शोकसन्तप्त परिवार र अमेरिका जनताप्रति समवेदना प्रकट गरेका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको हो । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए। सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति बनेका छन् ।कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार कार्टरले आइतबार जर्जियास्थित आफ्नो घरमा परिवारले घेरिएको अन्तिम श्वास फेरेका थिए ।