प्रधानमन्त्री ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने
zeenepal
२०८१ पुष १९,
9
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन् ।शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनको संवाहक महिला नै भएको बताएका हुन् ।
व्यवस्था परिवर्तनपछि पनि अवस्थामा परिवर्तन भएन भन्दै अहिले केही भएन भन्ने भाष्य बनाउन खोजिएको उनको भनाइ थियो ।हिजो महिला जागरण ल्याउन सहज थिएन । आज महिला सामाजिकीकरण, जागरण असाधारण ढंगले भएको छ । महिला जागे भने समाज परिवर्तन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।विगतमा नेपालको राजनीतिक परिवर्तनमा महिलाको उल्लेख्य भूमिका रहेको भन्दै उनले अहिले जिम्मेवारीमा पुगेका महिलाहरूले पुरुषको तुलनामा उत्कृष्ट काम गरिरहेको पनि चर्चा गरे ।