
हिजो छोरीहरूको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिलाहरू शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ । व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ ।
हक अधिकारको उपभोग र अवसरमा समानता चाहिएको भन्दै उनले प्राप्त उपलब्धिहरू पर्याप्त नभएपनि स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि पुगेको बताए । ‘यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरूको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।