काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव अगाडि सारेका छन् । माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु केन्द्रीय समितिको विस्तारित बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दैै प्रचण्डले युद्धकालीन समयमा जस्तै जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
नेताहरूका अनुसार अध्यक्ष प्रचण्डले मधेशमा देखिएको गुटगत समस्या हल गर्दै मिसन २०८४ को अभियानलाई अगाडि बढाउनेदेखि सडक र सदनको संघर्षलाई मुख्य विषय बनाउने विषय पनि सम्बोधनको क्रममा उल्लेख गरेका छन् ।हाम्रो पार्टीको संघ र प्रदेश सांसदहरूको भूमिका प्रभावकारी छैन, राम्रा काम गरिरहेकाहरूको उच्च मूल्याङ्कन गरिनेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले बताए ।