
एकीकृत समावादीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति लगायतका विषयमा आफ्ना धारणा राखेको छ । त्यस्तै, संविधान कार्यान्वयनको विषयमा पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि एकीकृत समाजवादीको छ ।राजावादीहरूले गत चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शन, आगजनी, लुटपाट, तोडफोडका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरेका थिए ।
मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सुझाव दिएकोमा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोसिस गर्ने बताएका थिए ।प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिएका थिए ।
एकीकृत समाजवादीको प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथै वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए ।
प्रधानमन्त्रीसँग एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले करिब एक घन्टा भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस क्रममा प्रधानमन्त्री र एकीकृत समाजवादीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका कतिपय घटनाहरूको स्मरण गरिएको बताइएको छ ।