
कांग्रेस–एमालेको अहिलेको सरकार भोलि ढल्छ रे, पर्सि ढल्छ रे, फेरि बिग्रिन्छ रे भन्ने सुनिरहनुभएकै छ । यति बलियो सरकार छ । शेरबहादुर देउवा र केपी ओलीले नचाहे पनि ढल्छ ?’ उनले भने, ‘कतिपयले भन्छन्, इन्डियाले चाह्यो भने ढल्छ रे । सबै कुरा इन्डियाले चाहँदैमा कहाँ हुन्छ र । हामीले हाम्रो परिस्थितिअनुसार गर्ने हो ।’वर्तमान सरकारले केही नयाँ काम दिन नसके जनताको थप निराशा छाउने मुख्यमन्त्री पाण्डेको भनाइ छ । ‘अब हाम्रो अहिलेको सरकारले पनि गर्न सकेन भने जनता झन् निराश हुन्छन् । इमान्दारितापूर्वक सकेको प्रयत्न सबै तहको सरकारले गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
मुख्यमन्त्री पाण्डेले संघीय सरकारले पठाउने ५–७ लाखको योजना प्रदेश सरकारले लागू नगर्ने बताए । ‘गत वर्षदेखि नै हामीले कार्यान्वयन गरेनौं । अहिले पनि यस्तै तवरको बजेट आएको छ, हामी कार्यान्वयन गर्दैनौं,’ उनले भने । उनले ३० वर्षअघि गर्नुपर्ने काम अहिले गरिरहेको बताए । केन्द्रीय सरकारले बजेट कम दिँदा प्रदेश सरकार र स्थानीय सरकारलाई काम गर्न अप्ठ्यारो परेको उनले बताए ।