स्याङ्जा — स्याङ्जा कारागारमा बनाइएका मुढा चीन निर्यात गरिने भएको छ । चीनको एक संस्थाले जिल्ला कारागारसँग झन्डै ३ हजार मुढाको माग गरेको छ । सोही मागअनुसार तत्काल १ हजार ५ सय मुढा चीन निर्यात गर्न लागिएको जिल्ला कारागार स्याङ्जाका निमित्त जेलर दिनेश शर्माले जानकारी दिए ।मुढा बनाउने समय कम भयो,’ जेलर शर्माले भने, ‘तत्काल पहिलोपटक १५ सय मुढा निर्यात गर्छौं । त्यसपछि बाँकी १५ सय मुढा पठाउनेछौँ ।’ मुढा लिनका लागि चिनियाँ संस्था कारागारमै आउने पनि कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारमा अहिले ६ महिलासहित १ सय ४७ जना कैदीबन्दी छन् । १ सय ३५ पुरुष कैदीबन्दीले मुढा बनाउने काम गरेको निमित्त जेलर शर्माले बताए । ‘महिला जम्मा ६ जना हुनुहुन्छ । उहाँहरूले मुढा बनाउनुहुन्न,’ उनले भने, ‘पुरुष साथीले मात्र मुढा बनाउनुभएको छ । ४/५ जनाले दैनिक खाना, खाजा बनाउने काम गर्नुहुन्छ भने बाँकी १ सय ३५ जनाले बिहानदेखि बेलुकासम्म मुढा बनाउने काम गर्नुहुन्छ । बिहानदेखि बेलुकासम्म धमाधम मुढा बनाइए पनि मागबमोजिम सम्बोधन गर्न सकिएको छैन ।जिल्ला कारागारभित्र एउटा समिति गठन गरिएको छ । उक्त समितिले नै मुढा बनाउन आवश्यक पर्ने सामान उपलब्ध गराउँछ ।

