नेपालगन्ज: मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता मिथिला समाजको अध्यक्ष राम लोचन साह तथा संचालन भरत महतोले गरेका थिए । मिथिला सेवा समाज नेपालगन्जको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मिथिला समाजको ९२ बर्षीय समाजसेवी बेदामी साह , बिशिस्ट अतिथिहरुमा बाँके क्षेत्र न २ को संघिय संसद डा. धवल शमशेर राना , नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह तथा मैथिली संस्कृतिकका धरोहर रविराज शाह ,सहरी बिकाश कार्यालय नेपालगन्जका प्रमुख राम आश्रय साह ,निल सागर सेवा महेन्द्र पुस्तकालयको प्रतिनिधि, साहु समाजका अध्यक्ष हंसराम साहु , बैस्य समाजका अध्यक्ष , माता बागेश्वरी मन्दिरका महन्थ , रेडक्रस बाँके, पत्रकार तथा मिथिला बासीको बाक्लो उपस्थिति रहेको थियो।दोस्रो स्थापना दिबसको अवसरमा रक्तदान, सम्मान विभिन्न सांस्कृतिक कार्यक्रम तथा मैथिली समुदायका परम्परागत लोक नृत्य , लोक नाचहरु मिथिला पहिरन प्रदर्शन गरियो। मैथली समुदायले विशेष रूपमा मनाउने यो पर्व तराई मधेशका साथै देशभरका विभिन्न ठाउँमा धुमधामका साथ मनाउने चलन छ। कार्यक्रममा बार्षिक प्रतिबेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष रामलोचन साहले बर्षको योजना पेस गरे ।
सचिव भरत महतोले आफ्नो कार्य योजना प्रस्तुत गरे भने कोषाध्यक्ष रामचन्द्र पण्डितले आर्थिक प्रतिबेदन प्रस्तुत गरे , सह सचिव घनश्याम पाठकले कार्य बिबरण प्रस्तुत गरे । यसै समाजको कोषाध्यक्ष राम चन्द्र पण्डितले समाजको भबन निर्माण गर्नको लागि १० धूर जग्गा पनि प्रदान गरेका छन उनका दुवै जना श्रीमान् श्रीमती लाई ५/५ किलोको माला लगाई विशेस सम्मान गरिएको छ । भबन निर्माणकालागि प्रमुख अतिथिको छोरा समाजसेवी, प्रतिष्ठित व्यक्ति बिक्रम साहले आफ्नो बुवाको नाममा १० लाख रुपैया दिने प्रतिबद्धता गरेका छन । मा.डा.धवल शमशेर रानाले १ महिनाको तलब दिने घोषणा गरेका छन । नरैनापुर गा.पा. अध्यक्ष ईस्तियाक अहमद साहले १० लाखको ईटा दिने प्रतिबद्धता गरेका छन ।
यस पर्वमा विशेष रूपमा भुजाको लड्डु, चुराको लड्डु, तिलको लड्डु, दही, दूध जस्ता परम्परागत परिकार तयार गरी खाने प्रचलन रहेको छ। थारु समुदायका साथै मधेश, पहाड र हिमाली क्षेत्रका विभिन्न जाति–समुदायले पनि यो पर्व उल्लासपूर्वक मनाउने गरेको पाइन्छ। कार्यक्रमले मिथिला समाजको संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै आत्मीय भाईचाराको सम्बन्ध कायम राखन योगदान गरेको दावि गरिएको छ ।