नेपालगञ्ज ३ असार। मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख तथा नागरिक समाजका अगुवा डा. राजेश अहिराजले सामाजिक उत्तरदायित्व अन्र्तगत खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेका छन् पश्चिम नेपालको भ्रमणमा रहेका डा.अहिराजले भेरी अस्पताल परिसरमा संचालित अञ्जनी माता रसोई घर, निल सागर बृद्धाश्रम र डुुडुवा गाउँपालिका–२ जाफरपुर्वास्थित मदरसामा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेका हुन ।
कार्यक्रममा ग्रिन नेपालगञ्ज क्लिन नेपालका अभियन्ता डा विनोद कर्ण, भेरी अस्पतालका डा आर के झा, बर्दियाका नागरिक अभियन्ता कमलदेव पौडेल, अञ्जनी माता रसोइका संचालक जितेन्द्र ठाकुर, विजय गप्ता, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो । उनले अञ्जनी माता रसोई घरमा सामुहिक भोजन गरेका थिए ।
त्यसक्रममा रसोई घरको परिकल्पना, भोजनको व्यवस्थापन लगायतका बारेमा जानकारी गराइएको थियो । यसैगरि नागरिक समाजका अगुवाहरुसंग छलफल गरिएको थियो । छलफलका क्रममा राज्य पुर्नसंरचनापछिको संयन्त्रको काम कारवाही प्रक्रिया, सेवाग्राहीका समस्या नागरिक अभियान लगायतका विषयमा छलफल गरिएको थियो ।
निवर्तमान प्रदेश प्रमुख अहिराजले बाँकेको बाढी प्रभावित तथा सिमा क्षेत्रको समेत अवलोकन गरि स्थानीयसंग भेटघाट गर्नुभएको छ । त्यसक्रममा स्थानीयहरुले बाढीको समस्या तथा सिमा क्षेत्रमा उत्पन्न समस्याको बारेमा जानकारी गराउदै पहलका लागि आग्रह समेत गरेका थिए ।
ADVERTISEMENT