एमबीबीएस र बीडीएसको सिट निर्धारण अध्ययन गर्न गठन गरेको कार्यदलको बैठक
zeenepal
२०८२ बैशाख ८,
9
Shares
काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट निर्धारण तथा शुल्क परिमार्जनका लागि अध्ययन गर्न गठन गरेको कार्यदलको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो ४ बजे बस्ने तय भएको छ ।चिकित्सा शिक्षा आयोगको १८औं बैठकलले शिक्षा सचिव डा. दिपक काफ्ले संयोजत्वमा ११ सदस्यीय गरेको थियो ।आयोगको १६औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
तर पटक-पटक चिकित्सा शिक्षा आयोगकोले निर्देशन दिँदा पनि निजी मेडिकल कलेजलले भने उक्त निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आइरहेका छन् । जसका कारण तीन हप्तादेखि आवासीय चिकित्सक आन्दोलनमा छन् ।कार्यदलकै केही सदस्यले आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन नभई आफूहरू कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने बताइरहेका छन् ।नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले १६औं बैठकको निर्णय कार्यावन्यन नभएसम्म कार्यदल बैठक बस्नुको कुनै औचित्य नभएको बताए ।
आयोगको १८औं बैठकले गरेको कार्यदल गठनको विषयमा केही प्रश्न उब्जिएको डा. कार्कीले बताए ।आवासीय चिकित्सकलको निर्वाह भत्ता लागु गर्न राज्यले पनि सक्दैन । निजी मेडिकल कलेजले पनि लागु गर्न अटेरी गरिरहेका छन्,’ डा. कार्कीले भने, ‘ जबसम्म १६औं बैठकले गरेको निर्णय कार्यावन्यन हुँदैन । अन्य विषयवस्तुमा छलफल नै हुँदैन ।निजी मेडिकल कलेज सञ्चालकले भने पिजी विद्यार्थीको निर्वाह भत्ता र एमबीबीएस, बीडीएसको सिट र शुल्क परिमार्जनको विषय सँगसँगै अघि बढाउनुपर्ने तर्क गर्दै आएका छन् ।सरकारले निर्णय गरेको दुई महिना बितिसक्दा पनि मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिन अस्वीकार गरेपछि १७ वटा मेडिकल कलेजका दुई हजारभन्दा बढी आवासीय चिकित्सक सडक आन्दोलनमा उत्रिएका छन् ।