
सो अवसरमा मेयर गिरीले नगरवासीलाई अत्यावश्यक औषधि उपलब्ध गराइदिन गरिएको आग्रहलाई स्वीकार गर्दै नर्भिकले औषधि सहयोग गरेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता सहयोग रहने अपेक्षा गरे । समारोहमा अस्पताल प्रशासन प्रमुख बोगटीले नगरपालिकालाई अत्यावश्यक औषधि उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । टेण्डर प्रक्रियामा जाँदा लामो समय लाग्ने भएपछि नगरले तत्काल आवश्यक मधुमेह, उच्च रक्तचाप लगायतका औषधिका लागि अस्पताललाई आग्रह गरेको थियो ।