
चैत १३ गते त्यही बोआओ सम्मेलन पनि हुँदैछ । नेपाल त्यसको संस्थापक सदस्य हो । तर त्यसमा परराष्ट्र मन्त्री श्रेष्ठ सहभागी हुनेछैनन् । परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाने चर्चा चलेपछि उनी बोआओ सम्मेलनमा नै सहभागी हुने कुरा आएको थियो तर उनी सो कार्यक्रममा सहभागी नहुने परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘मन्त्री श्रेष्ठ बोआओ सम्मेलनमा सहभागी हुन लागि त्यहाँ जान लाग्नुभएको होइन । त्यो छुट्टै कार्यक्रम हो ।’ त्यसको बारेमा पछि जानकारी गराइने उनले बताए । चैत १८ गतेसम्म चीनको विभिन्न सहरको घुमघाम तथा कार्यक्रममा सहभागी हुनुको साथै मनोसरोवरको यात्रा पनि गर्ने परराष्ट्र स्रोतले जनाएको छ । उनी चैत १९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।