
ट्रफी अनावरण गर्दै मुख्यमन्त्री शाहले क्रिकेटले सुदूरपश्चिमलाई विश्वभर चिनाउने अवसर प्राप्त गरेको बताए । उनले सुदूरपश्चिमका खेलाडीहरूले क्रिकेट खेलमा विश्वकीर्तिमान राखिरहेको बताउँदै क्रिकेटको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।