माओवादी केन्द्र खजुराको तेस्रो अधिवेशनको उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने
zeenepal
२०८१ माघ ९,
18
Shares
नेपालगञ्ज : माओवादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिवेशन उद्घाटन सत्र खजुराको शिव कालिका खेल मैदानमा आयोजना गरिने भएको छ ।आगामी माघ १०–१३ गतेसम्म सञ्चालन हुने सो पालिका अधिवेशनको पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले गर्ने तय भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ ।खजुरा गाउपालिका कमिटीका अध्यक्ष राजकुमार विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पालिका अधिवेशनलाई भ्रष्टचार बिरुद्धको खबरदारी सभाको रुपमा लगिने गरी तयारी अघि बढाईएको बताईएको छ ।
पार्टी अध्यक्ष दाहालले यसअघि खजुरा क्षेत्रमा रहेका जनयुद्धका शहिद परिवारजनसंग अन्तरक्रिया गर्ने, जनता नमुना मावि परिसरमा निर्माण गरिएको शहिद बाटिकाको उद्घाटन गर्ने जस्ता कार्यक्रम तय भएका छन् ।२ सय बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहने सो कार्यक्रममा पार्टीका शहिद परिवार र जेष्ठ कम्युनिष्ठ मञ्चका सदस्यहरुलाई सम्मन गरिने अध्यक्ष बिकले जानकारी दिए ।कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज तथा पोलिटव्यूरो सदस्य पूर्णा सुवेदी, केन्द्रीय सदस्य कृष्णा केसी नमुना, प्रदेश सचिवालय सदस्य डम्बर बिक तुफान, जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्सलगायतको उपस्थिति रहेको थियो ।