काठमाडौं ६ असार। प्रतिनिधिसभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ ।समेबार बसेको प्रतिनिधिसभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
बजेटको कार्यान्वनयका लागि यी तिन वटै विधेयक पनि पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । विनियोजन विधेयक (बजेट) भने प्रतिनिधिसभाले यसअघि नै पारित गरेर राष्ट्रिय सभामा पठाइसकेको छ । यी चार वटै विधेयक राष्ट्रिय सभाले पनि पारत डरेपछि पुनः प्रतिनिधिसभामा आएर सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बजेट कार्यान्वयनको बाटो खुल्छ ।
ADVERTISEMENT