मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन
zeenepal
२०८२ जेष्ठ १६,
6
Shares
काठमाडौँ । सरकारले पुष्पलाल मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।
यात्राको समय लागत , दूरी र दुर्घटना कम गर्न पुष्पलाल मध्यपहाडी राजमार्गको विद्यमान रेखाङ्कन परिमार्जन गरिने छ । यस राजमार्गलाई सुरुङ भायड प्रविधिसहितको डबल लेनमा स्तरोन्नति गर्न पूर्वतयारी गरिने छ ,’ उनले भने,‘यसका लागि ३ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ ।