
उनले भने, ‘मिडियाको वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा मिलेको छैन । सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी होइन, नियमन गर्न, अनुशासनको दायरामा राख्नको लागि यि विधेयकहरू ल्याएको छ । संसदमा छलफल चलाएको छ ।प्रमुख सचेतक बर्तौलाले विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिनसक्ने बताए ।