नेपालगन्ज : नेपालगन्जबाट हिडेको ‘टुर डे ठाकुरद्वारा’ टोली बर्दिया पुगेको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा शनिबार बिहान बागेश्वरी मन्दिर परिसरबाट टोलीले यात्रा सुरु गरेको थियो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरेका थिए । स्थानीय बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु गरिएको थियो ।यात्रामा देश–विदेशका गरी २ सय जना महिला र पुरुष साइकल यात्री सहभागी रहेको आयोजकले जनाएको छ । यि मध्ये भारतका २९ र चीनका १ जना साइकल यात्री सहभागी छन् । साइकल यात्री बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, वीपी चोक, सुर्खेतरोड हुँदै कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै ठाकुरद्वारा मन्दिर पुगेको अध्यक्ष सापकोटाले बताए ।
बागेश्वरी मन्दिरदेखि ठाकुरबाबा मन्दिरसम्मको दुरी करिव एक सय किमी रहेको छ । नेपालगन्जमा शुक्रबार बिहान यात्रा शुभारम्भ गर्दै प्रमुख अतिथी न्यौपानेले स्वस्थ वातावरण र स्वस्थ शरीरका लागि पनि साइकल सँस्कृति जरुरी रहेको बताएका थिए । नेपालका सडकहरु साइकलमैत्री बनाउन आवश्यक देखिएको उनको भनाई थियो । लुम्बिनी प्रदेशको पर्यटन प्रबद्र्धन गर्न 'टुर डे ठाकुरद्वारा' उपयोगी मुलक हुने विश्वास व्यक्त गरे कार्यक्रमको उद्घाटन शत्र नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाको अध्यक्षतामा भएको थियो । सो क्रममा प्रतिनिधि सभाका सांसद डा. धवल शमशेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई लगायतले पनि पर्यटन प्रवद्र्धन र साइकल संस्कृतिको विकास गर्न 'टुर डे ठाकुरद्वारा' महत्वपूर्ण कार्यक्रम रहेकोमा जोड दिए । टुर डे ठाकुर कार्यक्रम सम्पन्न गर्न करिव २७ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।