छात्राबासलाई पूर्णता दिन नगर प्रमुख विष्टको अग्रसरता
zeenepal
२०७९ श्रावण १२,
3
Shares
नेपालगन्ज साउन नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको छात्राबासलाई पूर्णता दिनका लागि पहल अघि बढाएकाछन् ।नगर प्रमुख विष्टको पहल र समन्वयमा भारतीय राजदुताबासका शाखा अधिकृत चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहिवार अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको स्थलगत अनूगमन गरि जानकारी लिएको छ ।
सो अवसरमा भारतीय दुताबासका शाखा अधिकृत चन्द्र प्रकाशले दुताबासको सहयोग भएपनि भवन निर्माण कार्य अलपत्र परेकोमा भारत सरकार दुखित भएको बताए ।निर्माण ब्यवसायीको कमजोरीका कारण डिग्री भवन र छात्राबास भवन अलपत्र भएको भन्दै उनले छात्राबासको पूर्णताका लागि पुनः लागत स्टिमेट तयार गरि दुताबासको सम्पर्कमा आउन आग्रह गरे ।
सो अवसरमा नगरप्रमुख विष्टले अधुरो रहेको डिग्री भवन उपमहानगरपालिकाको आर्थिक सहयोगमा पूर्णता दिइएको जानकारी दिए ।छात्राबासँगै क्याम्पसका वर्षौ पुराना भवन निर्माणमा सहयोग गर्न नगर प्रमुख विष्टले भारतीय दुताबासलाई आग्रह गरे ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्यले क्याम्पसमा रहेका जीर्ण भवन निर्माण तथा छात्राबासलाई पूर्णता दिनका लागि नेपालगन्ज उपमहानगरपालिका र भारतीय दुताबास समक्ष माग गरिएको जानकारी दिए ।नगर प्रमुख विष्ट क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति रहेको अवस्थामा भारतीय दुताबास समक्ष छात्राबास र डिग्री भवन निर्माणका लागि प्रस्तावना पेश गरिएको थियो ।नगर प्रमुख विष्टले आफुले उच्च शिक्षा अध्ययन गरेको र राजनीतिको सुरुवात गरेको क्याम्पस भएका कारण मब क्याम्पसको भौतिक र शैक्षिक सुधारका लागि सक्दो प्रयत्न गर्ने प्रतिवद्धता ब्यक्त गरे ।