
मन्त्रालयअन्तर्गत जति निकाय छन्, ती सबैका सेवा एकीकृत गरी सर्भरमा आबद्ध गराउने हिसाबले तयार पार्नुपर्ने जनाइएको छ । मन्त्रालयअन्तर्गत रहेका एप्लिकेसन र सर्भरलाई खरिद वा निर्माण गर्दा भविष्यमा मन्त्रालयको सर्भर र नागरिक एपमा इन्टिग्रेड गर्ने हिसाबले निर्माण गर्न सबै निकायलाई पत्राचार गर्नसमेत सुझाव दिइएको छ ।
एकीकृत श्रम तथा रोजगार सूचना प्रणालीलाई अहिलेको सन्दर्भमा सुधार गर्नुपर्ने पक्ष सुधार गरी मन्त्रालयबाट स्वीकृत गरी मन्त्रालयको पोलिसी डकुमेन्टका रूपमा राख्नसमेत सुझाव दिइएको छ ।
त्यस्तै मन्त्रालय र मातहत निकायमा आवश्यक कम्प्युटर एवं सूचना प्रविधिसँग सम्बन्धित मानव स्रोत ज्यादै कम भएकाले आवश्यक जनशक्ति प्रबन्ध गर्न पनि समितिले सिफारिस गरेको छ । रेमी परियोजनाको सिस्टममा रहेको माइग्रेन्ट वर्करको रेकर्ड तथा डाटा प्रयोग गर्न सक्ने कार्यको वातावरण बनाउनसमेत सुझाइएको छ ।रोजगार सेवा केन्द्रको भविष्य विचार गरी अब बन्ने सिस्टममा रोजगार सेवा केन्द्रको भूमिका पहिचान गर्नुपर्ने समेत भनिएको छ ।रेमी परियोनाबाट तयार गरेको समग्र प्रणालीको ढाँचा निर्माण गरी टीओआर स्वीकृत गरी प्रचलित नीति नियम एवं कानुनबमोजिम हार्डवेयर र सफ्टवेयर विकास गर्न मन्त्रालयले परियोजनालाई लेखिपठाउनुपर्ने समेत जनाएको छ ।मन्त्रालयअन्तर्गत सञ्चालन भएका सबै एप्लिकेसन मन्त्रालयको वर्तमान सिस्टम र भविष्यमा सम्भावना भएका सिस्टमसँग डाटा एक्सचेन्ज हुने हिसाबले मिल्नेगरी निर्माण तथा सञ्चालन गर्न परिपत्र गर्नसमेत समितिले सुझाएको छ ।