
तेस्रो सेटमा पुलिसले २५–२१ मा जितेको थियो । चौथो सेट भने निकै प्रतिस्पर्धात्मक भएको थियो । सुरुदेखि नै बराबरीको अवस्थामा खेलेका दुवै खेलाडीले २ भन्दा बढीको अग्रता कायम गर्न सकेनन् । अन्ततः गुजरातलाई २५ मा रोक्दै नेपाल पुलिसले २७ मा जितेको थियो ।यसैबीच मंगलबार नै हुने भनिएको सेमिफाइनलअन्तर्गत त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीचको दोस्रो खेल शीतलहरका कारण स्थगित भएको छ । उक्त खेल अब बुधबार हुनेछ ।
प्रतियोगिताको फाइनल खेल पनि बुधबारका लागि तोकिएको छ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछन् ।